भजन शिरोमणि भक्तराज आचार्यको निधन



काठमाडौं।
वरिष्ठ गायक तथा सङ्गीतकार भजन शिरोमणि भक्तराज आचार्यको ८२ वर्षको उमेरमा निधन भएको छ । सोमबार अपराह्न अस्पताल लैजाँदै गर्दा उनको निधन भएको बताइएको छ ।

अपराह्न साढे ४ बजेतिर अचानक अक्सिजन लेभल कम भएपछि छोरा स्वरूपराज र सङ्गीतकार हरि लम्सालले ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा आचार्यको बाटोमै निधन भएको हो । आचार्यले ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहेका थिए ।

उनको पार्थिव शरीरलाई मङ्गलवार बिहान ९ बजे सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ । स्वरसम्राट नारायण गोपालका समकालीन गायक आचार्यलाई राष्ट्रिय सम्मानका साथ उनको बिदाइ गर्ने तयारी रहेको छ ।

आचार्यले मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायतका करिब चार सय गीतमा आवाज दिएका छन् । आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज सुगम सङ्गीतका चर्चित गायकहरू हुन् ।

भजन शिरोमणि स्व. भक्तराज आचार्यप्रति हार्दिक श्रद्धा सुमन !

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu