दिपिकाको याद आएपछि रणविर पुगे दुबई



ranveer-&-deepikaठुलोपर्दा डटकम, काठमाण्डौ। पछिल्लो समय बलिउडमा अभिनयको माध्यमवाट निकै चर्चा बटुलिरहेकी अभिनेत्री दिपिका पादुकोणलाई भेट्न उनका प्रेमी रनविर सिंह दुबई पुगेका छन् । दुबईमा ‘ह्याप्पी न्यू इयर’को शुटिङका लागी व्यस्त रहेकी नायिका दिपिकालाई बाबु प्रकाश पादुकोणले भेटेर फर्किनासाथ रनविर दुबई पुगेको भारतिर संचारमाध्यम बलिउड लाइफले जनाएको छ ।

भर्खरे ह्याप्पी न्यू इयरका मुख्य अभिनेता शाहरुख खानले आयोजना गरेको पार्टीमा दिपिका र रनवीरले दिल खोलेर निकै नै रमाइलोको साथ नाचेको बताइएको छ । पार्टीमा सबैभन्दा अन्तिममा छुट्टिने जोडी यिनीहरुनै रहेको बताइएको छ ।

शुटिङका लागी दिपिका निकै समय दुबई बस्नुपर्ने छ र रनवीर पनि केही समय उनीसंगै रहने बुझिएको छ । दिपिका र रनवीरको प्रेम कतिसमय सम्म टिक्ला ? त्यो त हामी भन्न सक्दैनौ तर उनीहरुको सफल प्रेमको लागी शुभकामना ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu