उदयपुरबाट विवाह गर्दै बलिउड नायिका तापसी पन्नु, को हुन् उनका प्रेमी ?



अभिनेत्री तापसी पन्नुले छिट्टै विवाह गर्ने खबर बाहिरिएको छ । तापसीले आफ्नो लामो समयदेखिका प्रेमी म्याथियास बो सँग बिहे गर्न लागेकी छिन् । मिडिया रिपोर्टका अनुसार तापसी मथियाससँग करिब १० वर्षदेखि सम्बन्धमा छिन् । 

तापसीले आफ्नो विवाहको लागि भारतको उदयपुर रोजेकी छिन् । तापसी र मथियासका परिवार मात्रै उनीहरूको विवाहमा सहभागी हुनेछन् । यदि रिपोर्टहरू विश्वास गर्ने हो भने, बलिउड सेलेब्सलाई उनीहरूको विवाहमा निम्तो दिइएको छैन । उनीहरूको विवाह सिख र इसाई परम्परा अनुसार हुनेछ ।

यसअघि प्रियङ्का चोपडा, परिणिती चोपडा, कट्रिना कैफ र कियारा आडवाणीजस्ता नायिकाले पनि उदयपुरबाट विवाह गरेका थिए ।

३६ वर्षीया तापसी र ४३ वर्षीय मथियासले लाइमलाइटबाट टाढा रहेर आफ्नो सम्बन्धलाई सधैँ गोप्य राखेका थिए । तापसीले प्रायः सामाजिक सञ्जालमा म्याथियाससँग फोटो र भिडियो पोस्ट गर्छिन् । यी दुईको भेट तापसीको पहिलो बलिउड चलचित्र चश्मे बद्दूरको सुटिङ गर्दा भएको थियो ।

मथियास बो डेनमार्कका ब्याडमिन्टन खेलाडी हुन् । उनी दुई पटक युरोपेली च्याम्पियन र ओलम्पिक पदक विजेता भइसकेका छन् । म्याथियासले सन् २०२० मा ब्याडमिन्टनबाट संन्यास लिएका थिए ।

तापसी पन्नुले हिन्दी उद्योगका साथै तेलुगु र तमिल उद्योगमा पनि काम गरिसकेकी छन् । 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu