अस्कर अवार्ड २०२४: ओपेनहाइमरले जित्यो सात अवार्ड



काठमाडौं। लस एन्जलसको डल्बी थिएटरमा ९६ औँ अस्कर अवार्डको घोषणा गरिएको छ । क्रिस्टोफर नोलनले निर्देशन गरेको चलचित्र ‘ओपेनहाइमर’ले उत्कृष्ट चलचित्र सहित कुल सात अवार्ड जित्यो ।

यसबाट किलियन मर्फी उत्कृष्ट अभिनेता, क्रिस्टोफर नोलन उत्कृष्ट निर्देशक बने । यस फिल्मका लागि रोबर्ट डाउनी जूनियरले उत्कृष्ट सहायक अभिनेताको अवार्ड प्राप्त गरे । यो उनको करियरको पहिलो अस्कर हो । ओपेनहाइमरले उत्कृष्ट चलचित्र सम्पादन, उत्कृष्ट मौलिक स्कोर र उत्कृष्ट छायाङ्कन विधामा पनि अवार्ड जितेका छन् । चलचित्र कुल १३ विधामा मनोनयनमा परेको थियो ।

पुअर थिङ्सलाई चार अवार्ड
चलचित्र ‘पुअर थिङ्स’ले चार विधामा अस्कर अवार्ड जितेको छ । यसकी मुख्य अभिनेत्री एम्मा स्टोनले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरिन् । एम्माको यो दोस्रो अस्कर अवार्ड हो । यसअघि २०१६ मा उनले चलचित्र ‘ला ला ल्याण्ड’का लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् । बेस्ट एक्ट्रेस बाहेक पुअर थिङ्सले बेस्ट कस्ट्युम डिजाइन, प्रोडक्सन डिजाइन र मेकअप र हेयरस्टाइलिङ विधामा पनि अस्कर जितेको छ ।

बार्बीलाई एउटा मात्र अवार्ड
चलचित्र बार्बीले भने एउटा मात्र अस्कर पायो । यसको गीत ‘व्हाट् वाज् आई मेड फर?’ बाट बिली इलिश र फिनीस ओ’कोनेलले उत्कृष्ट मौलिक गीतको लागि अवार्ड जिते । यो चलचित्रले ८ विधामा मनोनयन प्राप्त गरेको थियो ।

डा’वाइन जोय रेन्डोल्फ ले ‘द होल्डोभर्स’का लागि सर्वश्रेष्ठ सहअभिनेत्रीको अवार्ड जितिन् । वार इज ओभर बेस्ट एनिमेटेड सर्ट फिल्मको अवार्ड जित्यो । अमेरिकन फिक्शनले बेस्ट एडाप्टेड स्क्रिनप्लेको लागि अस्कर अवार्ड पाएको छ ।

विजेताहरूको पूर्ण सूची हेर्नुहोस्:

  • Best Picture -Oppenheimer
  • Best Director – Christopher Nolan (Oppenheimer)
  • Best Actor – Cillian Murphy (Oppenheimer)
  • Best Actress – Emma Stone (Poor Things)
  • Best Supporting Actor – Robert Downey Jr. (Oppenheimer)
  • Best Supporting Actress – Da’Vine Joy Randolph (The Holdovers)
  • Best Adapted Screenplay – American Fiction
  • Best Original Screenplay – Anatomy of a Fall
  • Best Cinematography – Oppenheimer
  • Best Production Design – Poor Things
  • Best Visual Effects – Godzilla Minus One
  • Best Costume Design – Poor Things
  • Best Makeup and Hairstyling – Poor Things
  • Best Sound – The Zone of Interest
  • Best Film Editing – Oppenheimer
  • Best Original Score – Oppenheimer
  • Best Original Song – “What Was I Made For” (Barbie)
  • Best International Feature Film – The Zone of Interest (UK)
  • Best Animated Feature Film – The Boy and the Heron
  • Best Animated Short Film – War Is Over! Inspired by the Music of John and Yoko
  • Best Live-Action Short Film – The Wonderful Story of Henry Sugar
  • Best Documentary Short Film – The Last Repair Shop
  • Best Documentary Feature Film – 20 Days in Mariupol
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu