यशराजको ‘स्पाई युनिभर्स’ चलचित्रमा बबी देओल, आलियासँग खलनायक बन्दै



बलिउडको प्रसिद्ध चलचित्र निर्माण कम्पनी यशराज प्रोडक्सनको आगामी ‘स्पाई युनिभर्स’ चलचित्रमा एनिमलबाट पुनः चम्केका अभिनेता बबी देओल खलनायक बन्ने भएका छन्। अभिनेत्री आलिया भट्ट चलचित्रको मुख्य भूमिकामा रहने भएकी छन्। 

यो ‘अनटाइटल’ चलचित्रमा आलिया र बबी बाहेक शर्वरी वाघ पनि महत्वपूर्ण भूमिकामा देखिनेछिन्। एनिमलको सफलतापछि बबीलाई खलनायकको भूमिका अफर भइरहेका छन्। यो चलचित्रमा पनि उनी आलिया र शर्वरीसँग भिड्दै छन्। यो वर्षको अन्त्यतिर यसको छायाङ्कन सुरु हुनेछ।

यो चलचित्रमा बबी विशेष लुक्समा देखिने भारतीय मिडियाहरूले लेखेका छन्। आलिया र बबीले पहिलो पटक चलचित्रमा सँगै काम गर्दैछन्। यो चलचित्रलाई शिव रवैलले निर्देशन गर्नेछन् जसले यसअघि यशराजका लागि ‘द रेलवे म्यान’ निर्देशन गरिसकेका छन्। शिव रवैल आदित्य चोपडाका सहायक निर्देशक समेत रहेका छन्।

यशराज प्रोडक्सनले सलमान खान स्टारर चलचित्र ‘एक था टाइगर’ बाट ‘स्पाई युनिभर्स’को सुरुवात गरेको थियो, त्यस बेलादेखि अहिलेसम्म यसमा‘टाइगर जिन्दा है’, ‘वार’, ‘पठान’ र ‘टाइगर ३’ जस्ता चलचित्रहरू समावेश छन्। 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu