काठमाडौं आएकी ‘रामायण’की सिता भन्छिन्, ‘रामायणको कथाबाट धेरै कुरा सिक्न सकिन्छ’



काठमाडौं। चर्चित भारतीय टेलिश्रृंखला ‘रामायण’ मा सीताको भूमिका निभाउँदै अभिनय गर्न आएकी अभिनेत्री दीपिका चिखलियाले रामायणको कथाबाट धेरै कुरा सिक्न सकिने बताएकी छन्।

शनिवार काठमाडौंको जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित ‘आमाको माया’ छात्रावासको १४ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले भगवान् रामको असल पुत्र, भाइ र श्रीमान् रहेको समेत बताइन्। उनी भन्छिन्, “रामायणबाट धेरै कुरा सिक्न सकिन्छ। रामजीको चरित्रबाट भगवान् राम आदर्श र असल पुत्र भएको जानकारी कथा रामायणले दिएको छ। रामायणले हरेक भागबाट केही न केही सिकाउँछ।”

नेपालमा समेत अभिनेत्री चिखलियाका धेरै प्रशंसकहरू छन्। शुक्रवार नेपाल आइपुगेकी उनी आइतबार भारत जाँदै छिन्। उनले आइतबार पशुपतिनाथ मन्दिरमा पूजा गरेकी छिन्।

चिखलियाले टेलिभिजन, बलिउड र मलायलम फिल्महरूमा अभिनय गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu