रिलिज भयो ‘पुष्पा–२’ को टिजर,  सारी लगाएर दुस्मनसँग लड्दै अल्लु



डिसेम्बर २०२१ मा रिलिज भएको दक्षिण भारतको सर्वाधिक चर्चित चलचित्र ‘पुष्पा’को सिक्वेल ‘पुष्पा २ : द रुल’ को टिजर सार्वजनिक भएको छ। टिजरमा पुष्पा साडी लगाएर शत्रुसँग लड्दै फरक अवतारमा देखिएका छन्।

सुपरस्टार अल्लु अर्जुनको ४२ औँ जन्मदिनको अवसरमा यो टिजर सार्वजनिक गरिएको हो। सुकुमारद्वारा निर्देशित यो चलचित्र यसै वर्षको अगस्ट १५ मा रिलिज हुँदै छ। 

टिजरमा देखाइएको यो दृश्य देखाइएको जथारा सिक्वेन्सबाट लिइएको हो। जथारालाई सम्माक्का सरलाम्मा जथारा पनि भनिन्छ। यो भारतको तेलंगाना राज्यमा मनाइने हिन्दु आदिवासी देवीहरूलाई सम्मान गर्ने पर्व हो। यो चार दिनसम्म चल्ने महोत्सवमा हरेक वर्ष १ करोडभन्दा बढी भक्तजन सहभागी हुने गर्दछन् ।

यसैबिच, सामाजिक सञ्जालमा टिजर सेयर गर्दै अल्लु अर्जुनले आफ्ना फ्यानहरूलाई धन्यवाद दिएका छन्। अभिनेताले लेखेका छन्, “मेरो जन्मदिनको शुभकामना दिनुहुने सबैलाई धन्यवाद। मेरो हृदय कृतज्ञताले भरिएको छ। कृपया यो टिजरलाई मेरो धन्यवादको रूपमा स्वीकार गर्नुहोस्।”

यस चलचित्रमा अल्लु अर्जुन, रश्मिका मन्डन्ना र फहद फासिल मुख्य भूमिकामा छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu