छोरी सुहानाको लागि २०० करोड लगानी गर्दै शाहरूख



हाल बलिउड अभिनेता शाहरुख खानले सुजोय घोषको एक्सन चलचित्र ‘किंग’ मा काम गरिरहेका छन् । उनकी छोरी सुहाना खान पनि यही चलचित्रबाट ठुलो पर्दामा डेब्यु गर्दै छिन् ।

यस चलचित्रलाई शाहरुखले आफ्नो ब्यानर रेड चिलीज इन्टरटेनमेन्टमा निर्माण गर्दै छन् । भारतीय मिडिया रिपोर्टका अनुसार शाहरुखले प्रि-प्रोडक्सन चरणमा रहेको यो फिल्ममा २०० करोड रुपैयाँ लगानी गरेका छन् ।

बलिउड हङ्गामामा प्रकाशित एक रिपोर्ट अनुसार ‘किंग’ शाहरुखको महत्त्वाकाङ्क्षी एक्सन फिल्म हो । यो चलचित्रको प्रि-प्रोडक्सनमा विगत एक वर्षदेखि टिमले काम गरिरहेको छ । शाहरुख आफैँले छोरीको डेब्यु फिल्मलाई ठुलो बनाउन कुनै कसर बाँकी राखेका छैनन् ।

स्रोतका अनुसार ‘किंग’सँग सम्बद्ध फिल्म निर्माता सिद्धार्थ आनन्दले अहिले केही अन्तर्राष्ट्रिय स्टन्ट निर्देशकलाई बोर्डमा ल्याउने प्रयास गरिरहेका छन् ।

सिद्धार्थ शाहरुखसँग मिलेर यो फिल्मलाई ग्लोबल एक्सन थ्रिलर बनाउने काम गरिरहेका छन् । उनले अन्तर्राष्ट्रिय स्टन्ट विज्ञहरूसँग फिल्मको स्टन्ट डिजाइन गर्दै छन् र भिएफएक्सको सहयोगमा यसलाई वास्तविक टच दिन व्यस्त छन् ।

‘किंग’ को छायाङ्कन यसै वर्षको मेबाट सुरु हुनेछ । यसको ५ महिनामा छायाङ्कन गरी अर्को वर्षको दोस्रो हाफमा रिलिज गर्ने निर्माण पक्षको योजना छ ।

सुहानाले गत वर्ष नेटफ्लिक्समा रिलिज भएको फिल्म ‘द आर्चिज’ बाट ओटीटी डेब्यू गरेकी थिइन् । फिल्ममा उनी वेरोनिकाको भूमिकामा देखिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu