‘चन्दु च्याम्पियन’ को ट्रेलरमा  कार्तिक आर्यनको  अद्भुत ‘बडी ट्रान्सफर्मेसन’



कार्तिक आर्यनको बहुप्रतिक्षित चलचित्र ‘चन्दु च्याम्पियन’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक कार्यक्रम कार्तिकको गृहनगर ग्वालियरमा आयोजित गरिएको थियो। ट्रेलरमा कार्तिकको लुक निकै गजबको छ। साजिद नाडियाडवाला र कबिर खानले मिलेर निर्माण गरेको यो चलचित्र यो वर्षको लागि हालसम्म सबैभन्दा ठुलो रिलिज भनिएको छ। यसलाई कबिर खानले निर्देशन गरेका हुन्।  यो चलचित्र जुन १४, २०२४ मा रिलिज हुँदै छ।

ट्रेलरमा भावना, एक्सन र युद्ध दृश्यको झलक पाउनुहुनेछ। तीन मिनेट १५ सेकेन्डको यो ट्रेलरमा कार्तिकको मेहनत प्रस्ट देखिन्छ। यो चलचित्रका लागि उनले दुई पटक आफ्नो शरीर परिवर्तन गरेका थिए। यसमा सन् १९६५ मा भएको युद्धको झलक देखाइएको छ। कार्तिकका बुबा उनलाई खेलकुदमा जाओस् भन्ने चाहँदैनथे। तर बाल्यकालदेखि नै खेलकुदमा उनको रुचि थियो। उनले आफ्नो करियर कुस्तीबाट सुरु गरेका थिए। ट्रेलरमा कार्तिकले संवाद बोल्छन्, ‘म चन्दु होइन, म च्याम्पियन हुँ। ओलम्पिक खेल्नका लागि कार्तिक आर्यन पहिले आर्मीमा भर्ना हुनुपर्ने थियो। यससँगै उनले बक्सिङमा अगाडि बढ्ने मौका पाए। तर यहाँ पनि उनको जीवन सहज हुन सकेन।

यो चलचित्र आर्मी सिपाही मुरलीकान्त पेटकरको जीवनीमा आधारित छ। पेटकरको भूमिकामा कार्तिक पूर्ण रूपमा फिट देखिन्छन्। ट्रेलरको सुरुमै उनी युद्धमा नौ पटक गोली लागेका कारण दुई वर्षदेखि कोमामा रहेको बताइएको छ। यसपछि चन्दुको जीवनमा भएका अघिल्ला सबै दुर्घटनाहरू देखाइन्छ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu