काठमाडौं। नेपाल चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामालाई मातृ शोक परेको छ। गए राति १:०५ बजे उपचारको क्रममा काठमाडौंको वीर अस्पतालमा उनकी आमा लक्ष्मी माया बोमजनको देहावसान भएको हो।

बोमजन लामो समयदेखि पित्त थैलीको क्यान्सरबाट पीडित थिइन्।उनको पार्थिव शरीरलाई आइतबार बिहान ८ देखि १० बजेसम्म श्रद्धाञ्जलीका लागि वीर अस्पताल परिसरमा नै राखिने बताइएको छ। त्यसपछि संस्कारअनुसार अन्त्येष्टिका लागि आफ्नै गाउँ इन्द्र सरोबर (मार्खु) कुलेखानी लगिने जनाइएको छ।
दिवङ्गत लक्ष्मी माया बोमजनप्रति भावपूर्ण श्रद्धाञ्जली साथै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ।