गायक सोनु निगमले धोए आशा भोस्लेको खुट्टा, भिडियो बन्यो भाइरल 



प्रसिद्ध भारतिय गायिका आशा भोस्लेको जीवनी ‘स्वरस्वामिनी आशा’ शुक्रवार मुम्बईमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ। सो अवसरमा भारतिय गायक सोनु निगमले आशा भोस्लेलाई मञ्चमा गुलाबको फूलले खुट्टा धोएर सम्मान गरेका थिए।

उसले आशाको खुट्टामा चुम्बन गरी निधारमा छोए। आशा भोस्लेले पनि सोनुलाई यो माया र सम्मानका लागि धन्यवाद दिएकी छिन्। सो अवसरमा सोनु निगमले भने, “आजकाल सामाजिक सञ्जालमा गायन सिक्ने धेरै कुराहरू छन्, तर पहिले लताजी र आशाजीबाट मात्रै सिक्नुहुन्थ्यो । उहाँहरूले सारा संसारलाई गायन सिकाउनु भएको छ।

सो कार्यक्रमको सोनुको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। यसलाई लिएर विभिन्न किसिमका प्रतिक्रिया आइरहेका छन्। कतिपयले यसको तारिफ गरेका छन् भने कतिले सोनुले अभिनय मात्र गरेको प्रतिक्रिया दिएका छन्।

सोनु बाहेक बलिउड अभिनेता ज्याकी श्राफ र सुरेश वाडेकर र सुदेश भोसले जस्ता गायकहरू पनि यस पुस्तक विमोचन कार्यक्रममा सहभागी थिए । यस बाहेक आशा भोस्लेका भाइ हृदयनाथ मंगेशकर सहित परिवारका धेरै सदस्यहरू पनि उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu