लौ हेर्नुहोस् रणविर र दिपिकाको रामलिला (भिडियो)



ranveer-&-deepika_ramleelaठुलोपर्दा डटकम, काठमाण्डौ। पछिल्लो समय बलिउडमा नजिकिएका दुई जोडी दिपिका पादुकोण र रणविर सिंहद्धारा अभिनित चलचित्र ‘रामलिला’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यो निर्देशक संजय लिला भन्सालीको चौथो चलचित्र हो । उनले यसअघि सन् १९९१ ‘हम दिल दे चुके सनम’ चलचित्र निर्देशन गरेका थिए जुन सुपरहिट भएको थियो ।

त्यतीबेला ऐश्वर्य र सलमानलाई जोडी बनाएका भन्सालीले यसपाली भने वास्तविक जिवनमा पनि प्रेमि–प्रेमिकाको चर्चा पाएका दिपिका र रणविरलाई रोमान्टीक जोडीको रुपमा ल्याएका छन् । चलचित्रमा रणविर राम र दिपिका लिलाको भुमिकामा रहेको बताइएको छ ।

निर्देशक भन्सालीले ट्रेलर रिलिजको क्रममा आफुले चलचित्र आफ्नो आमाको लागी बनाएको बताएका छन् । निर्देशक भन्सालीको आमाको नाम लिला भन्साली हो । त्यसैले चलचित्रको नाम ‘रामलिला’ राखिएको उनले बताए । भन्सालीले चलचित्रमा दिपिका र रणवीरको आश्चर्यजनक र सक्षम अभिनय भएको र चलचित्र राम्रो बनेको दाबी गरेका छन् । तर यसको मूल्याकंन त दर्शकले गर्ने नै छन् ? चलचित्र २९ नोभेम्भरमा रिलिज हुदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu