भारतीय वेब सिरिज ‘ताजा खबर २’ को ट्रेलरमा कुशल पोखरेलको गीत ‘पैसा’ समावेश



काठमाडौं। नेपाली र्‍यापर कुशल पोखरेलको चर्चित गीत ‘पैसा’ भारतीय वेब सिरिज ‘ताजा खबर’ को दोस्रो सिजनको ट्रेलरमा समावेश गरिएको छ।

डिज्नीप्लस हटस्टारमा स्ट्रिमिङ हुने सिरिजको हालै सार्वजनिक भएको ट्रेलरमा ‘पैसा: सेभेन हन्ड्रेड फिफ्टी’ शीर्षकको गीतलाई पृष्ठभूमिमा प्रयोग गरिएको छ। यो गीतमा पोखरेलकै शब्द र स्वर रहेको छ।

११ महिना अगाडि युट्युबमा रिलिज भएको ‘पैसा’ गीतले ५ करोड ४४ लाखभन्दा बढी भ्यूज प्राप्त गरेको छ। लिरिकल भिडियोको डिस्क्रिप्सनमा उल्लेख गरिएको छ कि यो गीत पोखरेलले ‘ट्र्याप स्टार’ भिडियोमा निभाएको पात्रबाट प्रेरित भएर बनाइएको हो।

‘ताजा खबर’को दोस्रो सिजन सेप्टेम्बर २७ देखि डिज्नीप्लस हटस्टारमा स्ट्रिमिङ हुने तयारीमा छ।

ट्रेलर:

पैसा गीत हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu