
काठमाडौं – नेपाली सङ्गीत उद्योगमा नयाँ गीत ‘के गर्यौ तिमीले’ सार्वजनिक भएको छ । गीतमा देव सरकार र करुणा श्रेष्ठ मुख्य भूमिकामा देखिएका छन् भने कर्ण कार्कीले विशेष भूमिकामा अभिनय गरेका छन् ।
यस गीतमा योगेशकाजी शाह को स्वर रहेको छ, जसमा सञ्जय विक्रमको गीत र महेश ज्ञवालीको सङ्गीत रहेको छ । गीतको एरेन्ज तथा ब्याकग्राउन्ड म्युजिक योगेशकाजी शाहले नै तयार पारेका छन् ।
गीतको निर्माण व्यवस्थापन दिपेन गौतम माइकल ले सम्हालेका छन् भने रचनात्मक निर्देशकको रूपमा जया शर्मा रहेकी छन् । भिडियोको सिनेमाटोग्राफी उत्सव दाहालले गरेका छन् भने सम्पादन विकास दाहालले गरेका छन् । गीतको परिकल्पना र निर्देशन सुव्रत आचार्यले गरेका छन् ।
गीतमा मुख्य भूमिका निर्वाह गरेका देव सरकार को कलाकारिता यात्रा सडक नाटकबाट सुरु भएको हो । वृन्दा कला केन्द्रबाट औपचारिक प्रशिक्षण लिएपछि अभिनयमा उनको रुचि अझ बढ्दै गयो । उनले अभिनयको वास्तविक अनुभव विभिन्न सङ्गीत भिडियो तथा चलचित्रमा सङ्कलन गरेका छन् ।
झन्डै एक दशक लामो यात्रामा उनले “सम्झी-सम्झी”, “मुगलान”, “यो मनले”, “अन्त माया”, “छुर्पी” र “पैसा” जस्ता म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । साथै, उनले वातावरणीय चेतनामूलक भिडियोहरूमा पनि काम गरेका छन् । उनले “होस्टेल-३” र “माग्ने राजा” जस्ता नेपाली चलचित्रमा अभिनय गर्ने अवसर पाएका छन् ।
यस्तै, अभिनेत्री करुणा श्रेष्ठले दर्जनौँ म्युजिक भिडियोहरू र चलचित्रमा समेत अभिनय गरेकी छन् ।
भिडियो: