छैटौँ ‘भ्वाइस अफ नेपाल’ बने प्रशेष पाण्डे



काठमाडौं – साङ्गीतिक रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को छैटौँ सिजनको उपाधि धादिङका प्रशेष पाण्डेले जितेका छन् । ग्राण्ड फिनालेमा कोच खेम सेन्चुरीको टोलीका प्रतिस्पर्धी प्रशेष विजेता घोषित भए ।

खोटाङका रोशन राई फस्ट रनर अप, इलामका प्रमेश राई सेकेन्ड रनर अप र सिक्किमकी अर्पणा आचार्य थर्ड रनर अप भए ।

प्रशेषले २० लाख नगद र अन्य दुई प्रायोजकबाट १/१ लाख रुपैयाँ जिते । उनले फरक क्षमता भएकाहरू पनि उत्कृष्ट गायक हुनसक्ने कुरा प्रमाणित भएको बताए ।

फिनालेमा पूर्व विजेता किरण गजमेर, कोचहरू र अन्य प्रतिस्पर्धीहरूले गीत प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu