आठौँ राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२५ सम्पन्न



काठमाडौं – आठौँ राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२५ काठमाडौंमा एक भव्य समारोहका साथ सम्पन्न गरिएको छ । पावर इन्टरनेशनल मिडिया नेपालको आयोजनामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका बन तथा वातावरण मन्त्री माननीय ऐन बहादुर शाही ठकुरी रहेका थिए । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वरिष्ठ कलाकार, सङ्गीतकर्मी, सञ्चारकर्मीहरू तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको सम्मानजनक उपस्थिति रहेको थियो ।

उक्त समारोहमा वरिष्ठ सङ्गीतकार सुरेश अधिकारीलाई “सङ्गीत रजत सम्मान” प्रदान गरियो भने सङ्गीत पत्रकारिता पुरस्कार रङ्ग पत्रकार करिश्मा केसीले प्राप्त गरिन् । यस अतिरिक्त, विभिन्न विधामा ५३ जना प्रतिष्ठित कलाकारहरूलाई पुरस्कृत गरिएको थियो ।

प्रमुख पुरस्कार विजेताहरू:

  1. सर्वोत्कृष्ट आधुनिक गायिका: मिलन नेवार – आँखाको नुर
  2. सर्वोत्कृष्ट दोहोरी गायिका: सीमा थापा – दमौलीमा गेट
  3. सर्वोत्कृष्ट राष्ट्रिय भाव गीत: राम प्रसाद अवस्थी – उठौँ जनता उठौँ
  4. सर्वोत्कृष्ट गजल: गीता सापकोटा हुमागाईँ – किन
  5. सर्वोत्कृष्ट आधुनिक गीतकार: जि.एम. दिपु दीपेन्द्र – महँगो भो तिम्रो माया
  6. सर्वोत्कृष्ट लोक/पप गीतकार: लीला राज काम्बाङ – छुट्ने वेला
  7. सर्वोत्कृष्ट लोक/आधुनिक संगीतकार: राजनराज सिवाकोटी – माया गर्न जान्यो मायाले
  8. सर्वोत्कृष्ट आधुनिक गायक: सौगात जङ्ग थापा – तिमी आदत बन्यौ
  9. सर्वोत्कृष्ट लोक/पप गायिका: शोभा पाण्डे – डल्ले खुर्सानी
  10. सर्वोत्कृष्ट युगल गायन: साईराज खाती र मुना ठटाल – छुट्ने बेला

अन्य पुरस्कार विजेताहरू:

11. सर्वोत्कृष्ट दोहोरी गायक: हेमन्त कान्छा रसाइली – पशुपतिमा शिवजी

12. सर्वोत्कृष्ट नवगायक: सन्तोष कुमार तामाङ – कसले बनायो पैसा

13. सर्वोत्कृष्ट नवगायिका: निरुता राई – आऊ आऊ

14. सर्वोत्कृष्ट एरेन्जर: रिदम कँडेल – अधुरो सपना–२

15. सर्वोत्कृष्ट भिडियो निर्देशक: प्रकाश धिताल – गन्धर्व बाहुन

16. सर्वोत्कृष्ट कोरियोग्राफर: पुनम श्रेष्ठ – आऊ आऊ

विशेष सम्मानहरू:

  1. सङ्गीत रजत सम्मान: सुरेश अधिकारी
  2. सङ्गीत पत्रकारिता पुरस्कार: करिश्मा केसी
  3. पिम नेपाल विशिष्ट चलचित्रकर्मी सम्मान: उत्तम केसी
  4. पिम नेपाल डायस्पोरा सम्मान: केशव पौडेल

कार्यक्रमको मूल उद्देश्य नेपाली भाषा, संस्कृति, तथा गीतसङ्गीतको संरक्षण, प्रवर्द्धन र प्रोत्साहन रहेको आयोजक संस्था पिम नेपालका अध्यक्ष माधव राज खरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu