
काठमाडौं – नेपाली मनोरञ्जन जगतका सेलिब्रेटीहरूको रोजाइको एक गन्तव्य बनेको ‘सुट माला’मा सञ्चालक राज कार्कीले प्रधानमन्त्री केपी ओलीको हातबाट सम्मानित भएका छन् । नेपालभरिका टेलरिङ क्षेत्रको प्रतिनिधित्व गर्दै कार्कीलाई शनिवार काठमाडौंमा ‘युवा व्यवसायी सम्मान’ द्वारा सम्मानित गरिएको हो ।
नेपालको सिलाई–टेलरिङ क्षेत्रमा नवीनतम सोच र वातावरणमैत्री कार्यशैलीको चिनिन्छ । सम्मान प्राप्त गरेपछि कार्कीले भने, “पोसाकलाई लगाउने कुरा मात्र होइन, एउटा कला र आत्मनिर्भर उद्यमशीलताको मिसाल बनाउने मेरो उद्देश्य हो ।” यो सम्मान राष्ट्रिय युवा सङ्घ नेपाल, केन्द्रीय शिक्षा विभागले आयोजना गरेको थियो ।
उक्त कार्यक्रममा कार्की लगायत अन्य विभिन्न क्षेत्रका १० जना व्यवसायीहरू सम्मानित भएका थिए ।