
काठमाडौं – नयाँ बानेश्वरमा खुलेको ब्युटी स्कुल ‘आइएसएएस’को अभिनेत्री वर्षा सिवाकोटीले उद्घाटन गरेकी छन् ।
आइएसएएसले सौन्दर्यसम्बन्धी छोटो तथा लामो अवधिका तालिमहरू प्रदान गर्नेछ, जसले महिलाहरूलाई सीपमूलक रोजगारी र उद्यमशील बन्न सहयोग पुग्ने विश्वास गरिएको छ । अभिनेत्री सिवाकोटीले एकेडेमीले महिला सशक्तीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् ।
अन्तर्राष्ट्रिय सौन्दर्य शिक्षामा ख्यातिप्राप्त ग्लोबल ब्युटी आइकन भक्ति साप्केले यो अन्तर्राष्ट्रिय ब्रान्ड सुरु गरेकी हुन् ।
आइएसएएसमा कोस्मेटोलोजी, मेकअप, नेल टेक्नोलोजी, स्पा थेरापी, सलुन तथा स्पा व्यवस्थापन, आइल्याश एक्सटेन्सनलगायत ४५ भन्दा बढी अन्तर्राष्ट्रिय स्तरका पाठ्यक्रम पढाइने जनाइएको छ । भक्ति साप्केले विभिन्न अन्तर्राष्ट्रिय फेसन तथा ब्युटी कार्यक्रमहरूमा हेयर र मेकअप आर्टिस्टका रूपमा काम गरिसकेकी छिन् ।