
काठमाडौं – गीतकार नारायण खतिवडाको नयाँ गीत ‘दुःख सुनाएर के काम’ सार्वजनिक भएको छ । दीपक शर्माको सङ्गीत र स्वरूपराज आचार्यको स्वरमा सजिएको यो गीत नमस्ते नेपाल डिजिटल स्टुडियोको युट्युब च्यानलका साथै विभिन्न अन्तर्राष्ट्रिय अडियो र भिडियो प्लेटफर्महरूमा उपलब्ध छ ।
गीतले जीवनका दुःखका पलहरूमा मानिसको मनोवृत्ति र स्वार्थपरतालाई उजागर गरेको छ । धेरैजसो मानिसले दुःख सुनाउँदा सुन्नेहरू भेटिए पनि साथ दिनेहरू कमै हुने र आज साथ दिएकाहरूले भोलि खिसी गर्न सक्ने यथार्थलाई गीतले चित्रण गरेको छ । मनभित्रका अदृश्य पीडाहरू र मानवीय संवेदनशीलतालाई समेत गीतमा समेटिएको छ ।
गीत: