गायिका रचना रिमाल अस्पतालबाट डिस्चार्ज, घरमै आराम गर्दै



काठमाडौं – चर्चित गायिका रचना रिमाल ह्याम्स अस्पतालबाट डिस्चार्ज भएकी छन् । आन्द्रामा सङ्क्रमण भएपछि केही दिनदेखि उपचाररत रिमाल शनिवार डिस्चार्ज भएकी हुन् । उनले सामाजिक सञ्जालमार्फत आफू डिस्चार्ज भएको जानकारी गराएकी छिन् ।

हाल उनी घरमै आराम गरिरहेकी छन् र उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बताइएको छ । रुकुम पश्चिममा एक कार्यक्रमका लागि पुगेका बेला स्वास्थ्यमा समस्या देखिएपछि उनलाई काठमाडौँ ल्याएर उपचार सुरु गरिएको थियो ।

चिकित्सकका अनुसार, गायिका रिमालको सानो आन्द्रा सुन्निएको थियो भने पेटमा पनि केही समस्या देखिएको थियो । केही दिनको अस्पताल बसाइपछि उनी अहिले घर फर्किएकी हुन् ।

रुकुम पश्चिमको सानीभेरीस्थित बेलटापुमा सञ्चालित महोत्सवमा प्रस्तुति दिन पुगेकी बेला अचानक पेट दुखेपछि उनलाई सुरुमा नेपालगन्ज हुँदै काठमाडौँ ल्याइएको थियो । उनको स्वास्थ्य लाभको कामना गर्दै शुभचिन्तकहरूले सामाजिक सञ्जालमा सन्देशहरू पोस्ट गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu