
काठमाडौं – नेपाली सुगम सङ्गीतकी ख्यातिप्राप्त गायिका अन्जु पन्तको स्वरमा नयाँ गीत ‘जिन्दगीको रेल’ सार्वजनिक भएको छ । यो गीतमा पन्तलाई गायक सुमन बिटिले स्वरमा साथ दिएका छन् ।
दिनेशराज पुरीको शब्द सृजना र अर्जुन पोखरेलको सङ्गीत रहेको यस गीतको भिडियोमा पुष्प खड्का र रोजिना श्रेष्ठको अभिनय छ । भिडियोको निर्देशन विक्रम स्वाँरले गरेका छन् भने सम्पादन शिलन लम्साल र छायाङ्कन उत्सव दाहालले गरेका छन् ।
मोडल श्रेष्ठ सङ्घीय संसद् सचिवालयमा नायब सुब्बा पदमा कार्यरत छन् । सरकारी सेवामा आबद्ध रहेकी श्रेष्ठले आफ्नो जन्मदिनको उपहार स्वरूप यस म्युजिक भिडियोलाई दर्शक तथा श्रोतामाझ ल्याएको बताएकी छिन् ।
गीत: