‘अब हाँस्छ अमेरिका २’ रद्द, ‘कमेडी दरबार’ टिममाथि व्यावसायिक मर्यादा उल्लङ्घनको आरोप



काठमाडौं – फ्लाइ नेपालले ‘कमेडी दरबार’का निर्देशक तथा होस्ट विक्की अग्रवालसहितका कलाकारहरूसँगको सहकार्यमा अमेरिकामा आयोजना गर्न लागेको ‘अब हाँस्छ अमेरिका २’ कार्यक्रम रद्द गरेको छ । फ्लाइ नेपालका प्रमुख कार्यकारी अधिकृत विनोद अधिकारीले सामाजिक सञ्जालमार्फत एक प्रेस विज्ञप्ति जारी गर्दै कार्यक्रम रद्द गरिएको जानकारी गराएका हुन् ।

यसअघि पत्रकार सम्मेलनमार्फत ‘अब हाँस्छ अमेरिका २’ मा कलाकारहरू विकास अर्याल, सुन्दर खनाल, पवन खतिवडा, मिस पवि, सुजिता श्रेष्ठ र विक्की अग्रवाल सहभागी हुने घोषणा गरिएको थियो । तर, फ्लाइ नेपालले ‘कमेडी दरबार’को टिमले उस्तै प्रकृतिको अर्को कार्यक्रमका लागि अन्य आयोजकसँग सम्झौता गरेको भन्दै आफूसँगको सम्झौता रद्द गरेको बताएको छ ।

विज्ञप्तिमा फ्लाइ नेपालले ‘कमेडी दरबार’को टिमले व्यावसायिक मर्यादा र धर्मको प्रतिकूल आचरण गरेको आरोप लगाएको छ । यस सम्बन्धमा दर्शकमा पर्न गएको असुविधाप्रति फ्लाइ नेपालले क्षमा याचना पनि गरेको छ ।

यद्यपि, फ्लाइ नेपालको यो आरोपबारे ‘कमेडी दरबार’को टिमले हालसम्म कुनै प्रतिक्रिया वा स्पष्टीकरण दिएको छैन । घटनाले नेपाली कला क्षेत्रमा व्यावसायिक नैतिकता र सम्झौता पालनाको विषयमा नयाँ बहस सिर्जना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu