
काठमाडौं – दरबारमार्ग स्थित टाइम्स स्क्वायर मलमा रहेको लोकप्रिय कासा लाउन्ज एन्ड बारले आफ्नो सातौँ वार्षिकोत्सव आउँदो शनिवार भव्य समारोहका साथ मनाउने भएको छ। । यस अवसरमा लाउन्जले ग्राहकहरूलाई अविस्मरणीय मनोरञ्जन प्रदान गर्न प्रख्यात गायक साबिन राई र द फारो ब्यान्डको प्रत्यक्ष प्रस्तुति रहने घोषणा गरेको छ ।
लाउन्जले यस विशेष रातलाई “७ वर्षको अविस्मरणीय रात” को रूपमा मनाउने र ग्राहकहरूलाई अहिलेसम्मकै “सबैभन्दा ठुलो रात” मा सहभागी हुन आमन्त्रित गरेको छ । कासा लाउन्जका संस्थापक रामप्यारा श्रेष्ठका अनुसार यस वार्षिकोत्सवमा उत्कृष्ट सेवा, स्वादिष्ट परिकार, विभिन्न पेय पदार्थका साथै अद्भुत लाइभ सङ्गीतको व्यवस्था गरिनेछ । यस सङ्गीतमय रातले ग्राहकहरूका लागि सधैँ सम्झन योग्य पलहरू सिर्जना गर्ने लाउन्जको दाबी छ ।
वार्षिकोत्सवको दिन ग्राहकहरूका लागि विशेष छुटको व्यवस्था पनि गरिएको छ । कासा लाउन्जले विगतमा पनि विभिन्न अवसरहरूमा ग्राहक लक्षित विशेष कार्यक्रमहरू गर्दै आएको छ । काठमाडौँका अन्य लाउन्जहरूको तुलनामा कासाले धेरैको रोजाइमा पर्न सफल भएको छ ।
लामो समयदेखि हस्पिटालिटी क्षेत्रमा सक्रिय रामप्यारा श्रेष्ठले जुजुबाबाट लाउन्ज व्यवसाय सुरु गरी क्लासिक बरबन हुँदै हाल कासा लाउन्ज सञ्चालन गरिरहेका छन् । उनले कासाले हस्पिटालिटी क्षेत्रमा फरक शैली र सेवा प्रदान गरिरहेको बताएका छन् ।