‘काँटा लगा’ अभिनेत्री शेफाली जरीवालाको ४२ वर्षको उमेरमा निधन



भारतको प्रसिद्ध रिमिक्स गीत ‘काँटा लगा’बाट ख्याति कमाएकी भारतीय अभिनेत्री शेफाली जरीवालाको निधन भएको खबर बाहिरिएको छ । भारतीय मिडियाका अनुसार शेफालीलाई शुक्रवार राति मुम्बईको अँधेरी पश्चिमस्थित बेलेभ्यू अस्पतालमा बेहोस अवस्थामा लगिएको थियो । उनका पति, अभिनेता पराग त्यागी र अन्य तीन जनाले उनलाई अस्पताल पुर्‍याएका थिए ।

यद्यपि, अस्पतालको रिसेप्सन स्टाफले शेफाली जरीवालालाई मृत अवस्थामा ल्याइएको पुष्टि गरेको जनाइएको छ । रिपोर्टका अनुसार ४२ बर्सिया शेफालीको हृदय घातका कारण मृत्यु भएको हो । उनको शवलाई पोस्टमार्टमका लागि कूपर अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu