चलचित्र ‘रामायण’को फर्स्ट लुक सार्वजनिक: राम बने रणवीर, रावण बने यश



काठमाडौं – भारतीय चलचित्र’ रामायण’को फर्स्ट लुक सार्वजनिक भएको छ । ३ मिनेट ४ सेकेन्डको यस क्लिपमा देखाइएको भिएफएक्सले सबैको ध्यान खिचेको छ । भगवान् रामको भूमिकामा बलिउड अभिनेता रणवीर कपूर धनुष-वाण चलाइरहेको देखिएका छन्, जबकि रावणको भूमिकामा दक्षीण भारतीय अभिनेता यश पनि उनलाई सशक्त टक्कर दिइरहेको देखिएका छन् ।

भिडियोको सुरुवात भगवान् ब्रह्मा, विष्णु र शिवबाट गरिएको छ । यसमा रामका साथै रावणको पहिलो झलक पनि देखाइएको छ, जसलाई साउथका सुपरस्टार यशले निभाएका छन् । एक दृश्यमा रणवीर र यश आमने-सामने देखिएका छन्, जसले राम र रावणबीच हुने ठुलो भिडन्तलाई दर्साउँछ ।

भिडियोमा कुनै पनि पात्रको संवाद सुन्न पाइँदैन, तर यसको ब्याकग्राउन्ड म्युजिक निकै दमदार छ, जसलाई हेरेर अनुमान लगाउन सकिन्छ कि चलचित्रमा पात्रहरूको संवाद, हाउभाउ र शारीरिक भाषामा गहिरो काम गरिएको छ । नितेश तिवारीको निर्देशनमा बनिरहेको रामायणलाई नमित मल्होत्राको प्राइम फोकस स्टुडियोज र ८ पटक ओस्कर जितिसकेको भिएफएक्स स्टुडियो डिनेगले निर्माण गरिरहेका छन् । साथै, अभिनेता यशको मनस्टर माइन्ड क्रिएशन्स पनि सह-निर्माता हो ।

ओस्कर जितिसकेका दुई प्रसिद्ध सङ्गीतकार हंस जिमर र ए.आर. रहमान यस चलचित्रका लागि पहिलो पटक सँगै संगीत तयार गर्दैछन् । महायुद्धको दृश्यलाई हलिउडका शीर्ष स्टन्ट निर्देशकहरू टेरी नोटरी (एभेन्जर्स, प्लानेट अफ द एप्स) र गाय नोरिस (म्याड म्याक्स: फ्युरि रोड, फ्युरियोसा) ले कोरियोग्राफ गरिरहेका छन् ।

चलचित्रमा माता सीताको भूमिकामा साई पल्लवी छिन् । हनुमानको दमदार भूमिकामा सनी देओल छन् । रवि दुबे लक्ष्मणको भूमिकामा देखिनेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu