मिस युनिभर्स नेपाललाई प्रधानमन्त्रीको शुभकामना – ‘यो नेपाल चिनाउने अवसर हो’



काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल २०२५ लाई शुभकामना व्यक्त गरेका छन्। हाल पूर्वी नेपालका विभिन्न सहरहरूमा अडिसन भइरहेको यस प्रतियोगिताका सहभागीहरूलाई प्रधानमन्त्री ओलीले प्रोत्साहन गर्दै नेपालको सौन्दर्य र प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन यो प्रतियोगिता महत्त्वपूर्ण हुने विश्वास लिए। केही दिनअघि भद्रपुर विमानस्थलमा प्रतियोगिता आयोजक ग्लोबल ग्ल्यामर भेन्चरकी सङ्गीता पुरी र मिस युनिभर्स २०२४ की विजेता सम्पदा घिमिरेलगायतको टोलीसँगको भेटमा ओलीले शुभकामना दिएका हुन्।

“अन्तर्राष्ट्रियस्तरको मिस युनिभर्स प्रतियोगिताको अडिसन दमकमा आयोजना भइरहेको थाहा पाउँदा खुसी लागेको छ। यो नेपाललाई चिनाउने, नेपालको सौन्दर्य चिनाउने, नेपालको प्रतिभा चिनाउने एउटा महत्त्वपूर्ण अवसर हो। यस अवसरलाई हाम्रा चेलीहरूले राम्रोसँग सदुपयोग गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु,” ओलीले बताए।

मिस युनिभर्स नेपाल २०२५ को अडिसन झापाको दमक र विराटनगरमा सफलतापूर्वक सम्पन्न भइसकेको छ। पूर्वी नेपालका यी दुई सहर वाट करिब ४० जनाले अडिसन दिएका छन्। आयोजकका अनुसार अब चितवन, पोखरा, बुटवललगायतका अन्य प्रमुख सहरहरूमा पनि अडिसन सञ्चालन गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu