धरानमा ‘त्रिगुट म्युजिकल नाइट’ हुने



धरान – आगामी श्रावण १६ गते धरान रङ्गशालामा एक भव्य साङ्गीतिक कार्यक्रम ‘त्रिगुट म्युजिकल नाइट’ आयोजना हुने भएको छ। हश क्रिएशन्स, दृश्य: सि द अनसिन, र इफ्लिक्स इन्टरटेन्मेन्ट युकेको संयुक्त आयोजनामा हुन लागेको यो कार्यक्रम धरानको साङ्गीतिक फाँटमा एउटा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

आयोजकहरूका अनुसार, कार्यक्रम दिउँसो ३ बजेदेखि सुरु हुनेछ। यस साङ्गीतिक साँझमा नेपालका लोकप्रिय ब्यान्डहरू स्वर, रकहेड्स, र द फिरन्तेले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दै दर्शकहरूलाई झुमाउनेछन्।

कार्यक्रममा ‘भ्वाइस अफ नेपाल’ बाट उदाएका लोकप्रिय गायकहरू सार्थक लामा र प्रमेश राईको विशेष प्रस्तुति रहनेछ। उनीहरूसँगै धरानका स्थापित ब्यान्डहरू आस्था एन्ड द ब्रदर्स,द क्राइसिस, र दि एलाइज ब्यान्डले पनि आफ्नो प्रस्तुति दिनेछन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu