साङ्गीतिक कार्यक्रमको लागि अमेरिका पुगे महेश र अस्मिता



काठमाडौं – नेपाली साङ्गीतिक क्षेत्रका लोकप्रिय गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारी ‘सोलफुल यु.एस.ए यात्रा’का लागि अमेरिका पुगेका छन्। आगामी अगस्ट १० देखि बाल्टिमोरबाट सुरु हुने यस साङ्गीतिक भ्रमणका लागि सम्पूर्ण तयारी पूरा भइसकेको कार्यक्रम आयोजक थ्री ई इन्टरटेन्मेन्टले जनाएको छ।

‘ओनेस्ट रियल इस्टेट’ द्वारा प्रस्तुत र ‘थ्री ई इन्टरटेन्मेन्ट’ द्वारा व्यवस्थापन गरिएको यो साङ्गीतिक यात्रा अगस्ट महिनाभरि विभिन्न सहरहरूमा हुनेछ। यसअन्तर्गत अगस्ट १० मा बाल्टिमोर, अगस्ट १५ मा बोस्टन, अगस्ट १६ मा ब्रान्फोर्ड, अगस्ट २४ मा फिलडेल्फिया, अगस्ट २९ मा ह्यारिसबर्ग र अगस्ट ३० मा न्यु योर्कमा कार्यक्रम तय भएको छ। त्यसै गरी, सेप्टेम्बर महिनामा पनि यो यात्रा जारी रहनेछ। सेप्टेम्बर २ मा पिट्स्बर्ग, सेप्टेम्बर ५ मा सार्लेट, सेप्टेम्बर ७ मा मुल्वौकी, सेप्टेम्बर १३ मा नेब्रास्का, सेप्टेम्बर २० मा सेन्ट लुइस, सेप्टेम्बर २७ मा डालस र सेप्टेम्बर २८ मा ओकेसीसहित २० भन्दा बढी सहरमा साङ्गीतिक कार्यक्रमहरू हुनेछन्।

गायक महेश काफ्लेले ‘सोलफुल यु.एस.ए यात्रा’ घोषणा भएपछि प्राप्त भएको उत्साहपूर्ण प्रतिक्रियाबाट आफूहरू निकै खुसी भएको र अमेरिकामा रहेका नेपाली दर्शकमाझ प्रस्तुति दिन उत्साहित रहेको बताएका छन्। महेश र अस्मिताका ‘लज्जावती झार’, ‘नाच फिरिरि’ र ‘लाइटरले बिडी सल्केको’ जस्ता गीतहरू अत्यधिक रुचाइएका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu