
काठमाडौं – गायिका द्वय समीक्षा अधिकारी र रचना रिमालको स्वरमा नयाँ गीत ‘आयो तीज’ सार्वजनिक भएको छ। काठमाडौंमा एक विशेष कार्यक्रमका बिच सार्वजनिक गरिएको यस गीतमा सुष्मा महराको शब्द रहेको छ।
लोक रोमान्टिक शैलीमा तयार पारिएको यो गीतमा मौलिक शब्दहरूको प्रयोग गरिएको छ। गीतमा पुरुषोत्तम न्यौपानेले सङ्गीत भरेका छन् भने केशव बाबुले एरेन्ज गरेका हुन्।
गीतसँगै म्युजिक भिडियो पनि सार्वजनिक भएको छ। भिडियोमा गीतकार सुष्मा महरासँगै प्यारीको अभिनय देख्न सकिन्छ। यस भिडियोको निर्देशन शक्ति प्रज्ज्वल घिमिरेले गरेका हुन्। भिडियोलाई चक्र बहादुर बरालले छायाङ्कन गरेका छन् भने सतीश श्रेष्ठले सम्पादन गरेका छन्। यसको कोरियोग्राफी रोहिया महर्जनले गरेकी हुन्।
भिडियो:






