समीक्षाको स्वरमा ‘मनैमा सानुमाया’ को फिमेल भर्सन सार्वजनिक



काठमाडौं – टिकटक लगायत सामाजिक सञ्जालमा चर्चा कमाएको गीत ‘मनैमा सानुमाया’ को नयाँ भर्सन सार्वजनिक भएको छ। दर्शक तथा श्रोताको मागलाई ध्यानमा राख्दै निर्माण टिमले गायिका समीक्षा अधिकारीको स्वरमा यसको नयाँ भर्सन ल्याएको बताइएको छ। यो गीतको ‘हाँसी हाँसी लजाउने’ अंश टिकटकमा भाइरल भएपछि फिमेल भर्सन तयार गरिएको हो।

भिजुअल आर्ट्स स्टुडियो र टौवा स्टुडियोको सहकार्यमा बनेको यो नयाँ गीतको शीर्षक ‘हाँसी हाँसी लजाउने’ राखिएको छ। यस गीतमा समीक्षा अधिकारीले स्वर दिएकी छन् भने एसडी योगीको सङ्गीत र राम अविरल विष्टको शब्द रहेको छ।

यसअघि सार्वजनिक भएको मूल गीत ‘मनैमा सानुमाया’ मा भुटानी-नेपाली समुदायको सांस्कृतिक पृष्ठभूमिमा आधारित प्रेमकथालाई देखाइएको थियो। सोही कथालाई निरन्तरता दिँदै नयाँ भिडियोमा अभिनेत्री मिरुना मगर र दीपक रसाइलीको अभिनयलाई प्रस्तुत गरिएको छ। विवेक रसाइलीले निर्देशन गरेको यस भिडियोले नेपाली-भुटानी समुदायको प्रेम कथालाई नयाँ ढङ्गले प्रस्तुत गरेको छ।

विजय बस्याल कार्यकारी निर्माता रहेको यस भिडियोमा रेजोन थापा मुख्य सहायक निर्देशक र उज्ज्वल जोशी छायाकारका रूपमा छन्। गीतको फिमेल भर्सनले पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ र युट्युबमा राम्रो भ्यूज बटुलिरहेको छ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu