गायक सबिन श्रेष्ठको नयाँ गीत ‘मनका कुरा’ सार्वजनिक



काठमाडौं – गायक तथा सङ्गीतकार सबिन श्रेष्ठले आफ्नो नयाँ गीत ‘मनका कुरा’ सार्वजनिक गरेका छन्। यो गीतले बिछोडिएको प्रेमको मार्मिक कथालाई प्रस्तुत गरेको छ, जसमा प्रेम पाउनका लागि गरिएको सङ्घर्ष र त्यसबाट उत्पन्न निराशालाई समेटिएको छ।

गीतमा शब्द, सङ्गीत र स्वर स्वयं सबिन श्रेष्ठकै रहेको छ। एक्लोपनको पीडामा छटपटाइरहेको र आफ्नो मनको व्यथा पोख्ने कोही नभएको अवस्थालाई गीतले सशक्त रूपमा चित्रण गरेको छ। यसले धोका पाएको र प्रेम उजाडिएको यथार्थलाई प्रस्तुत गर्दै श्रोताको मन छुने प्रयास गरेको छ। गायक सबिन श्रेष्ठ आफ्नो यस्तै बिछोडिएका प्रेमका गीतहरूका लागि चिनिन्छन्।

गोपाल रसाइलीले मिक्सिङ र मास्टरिङ गरेको यो गीतको भिडियो पनि तयार पारिएको छ। भिडियोमा मोडल सुजन जिम्बा र दिप्शा कार्कीको अभिनय रहेको छ। सङ्कल्प भुजेलले छायाङ्कन गरेको भिडियोको सम्पादन भूपेन्द्र अधिकारीले गरेका हुन्। यसको निर्देशन दिमेश श्रेष्ठले गरेका छन् र भिडियोको कन्सेप्ट पनि उनी आफैँले तयार पारेका हुन्।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu