नाति पुस्तामाथि गोली चलाउनेलाई ‘नेपथ्य’को धिक्कार



काठमाडौं – भ्रष्टाचारविरुद्ध देशव्यापी प्रदर्शनमा उत्रिएका ‘जेन-जी’ पुस्तामाथि प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा सोमबार कम्तीमा १९ जना प्रदर्शनकारीले ज्यान गुमाएका छन्। यस बर्बर सरकारी दमनको नागरिक तथा सेलिब्रेटी तहबाट चर्को विरोध भइरहेको छ।

यसै सन्दर्भमा, नेपालको चर्चित र लोकप्रिय लोकपप ब्यान्ड ‘नेपथ्य’ ले सरकारी दमनको कडा शब्दमा भर्त्सना गरेको छ। ब्यान्डका मुख्य गायक अमृत गुरुङ ले सामाजिक सञ्जालमार्फत गोली चलाउने आदेश दिनेहरूमाथि आक्रोश पोखेका छन्। उनले ती सबैप्रति ‘धिक्कार’ रहेको भन्दै आक्रोश व्यक्त गरेका छन् जसले ‘नाति पुस्तालाई नै गोली हान्ने आदेश दिए।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu