यो परिवर्तन जेन-जीको योगदान र बलिदानको परिणाम हो: बालेन शाह



काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर तथा गायक बालेन शाहले हालै देशमा भएको राजनीतिक परिवर्तनलाई युवा पुस्ता (जेन–जी)को योगदान र बलिदानको परिणाम बताएका छन्। उनले आफ्नो सामाजिक सञ्जालमा एक भावुक पोस्ट गर्दै आन्दोलनका सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।

मेयर शाहले फेसबुकमा लेखेका छन्, “प्रिय जेन-जी, तपाईँहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ।” उनले आन्दोलनका वीर सहिदहरूलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको योगदानलाई अमूल्य बताएका छन्। “तपाईँहरूको योगदान अमूल्य छ, जसले सधैँ भावी पुस्तालाई देश प्रेम र कर्तव्य बोधको मार्गदर्शन गर्नेछ। तपाईँहरूप्रति असीम सम्मान।” उनले आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्।

बालेनले पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीलाई समर्थन गरेपछि यो ऐतिहासिक बदलाव सम्भव भएको मानिएको छ। राजनीतिक वृत्तमा धेरैले बालेनलाई नै प्रधानमन्त्रीको रूपमा अघि सारेका थिए, तर उनले तत्काल प्रधानमन्त्री बन्न चासो नराखी कार्कीलाई समर्थन गरेका थिए।

टाइम म्यागेजिनको विश्वका उत्कृष्ट १०० नेतामा परेका बालेन नेपालीहरूमाझ अत्यन्तै लोकप्रिय छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu