
काठमाडौं – करिब ४६ वर्षअघि रेडियो नेपालमा पहिलो पुरस्कार जितेर इतिहास रचेको लोकप्रिय गीत ‘सिन्धुली गढी घुमेर हेर्दा’ लाई नयाँ शैली र आवाजमा पुनः सार्वजनिक गरिएको छ। आम नेपालीको जिब्रोमा झुन्डिएको यो कालजयी गीतले अब नयाँ पुस्ताको मन जित्ने अपेक्षा गरिएको छ।
गीतका मूल सर्जक स्वर्गीय कृष्ण विक्रम थापा का छोरा राजु थापाले यसलाई रिमेक गरेका हुन्। उनले बुवाको विरासतलाई सम्मान गर्दै गीतको मौलिकता कायम राखेर आधुनिक एरेन्जमेन्ट दिएका छन्। रुबिन कुमार श्रेष्ठले यो गीतलाई पुनः सङ्गीत संयोजन (रि-एरेन्ज) गरेका हुन्।
२०३६ सालमा रेकर्ड भएको यो गीतमा शब्द, सङ्गीत र स्वर कृष्ण विक्रम थापाकै थियो। सिन्धुलीको ऐतिहासिक र साङ्गीतिक पहिचान बोकेको यो गीतले त्यस बेला ठुलो सफलता प्राप्त गरेको थियो। अहिले पुनः सार्वजनिक गरिएको यस गीतले सिन्धुलीको सम्पदा र संस्कृतिलाई फेरि एक पटक चर्चामा ल्याएको छ।
गीतको भिडियो छायाङ्कन सिन्धुली जिल्लाकै रमणीय र प्राकृतिक स्थलहरूमा गरिएको छ। भिडियोमा कलाकार रमेश विश्वकर्मा र दीप्सा कार्की को मुख्य भूमिका रहेको छ भने पवन केसी, सत्य देवी, पवित्रा रम्तेल र काजी थापा पनि भिडियोमा देखिएका छन्। वासु बरालको सिनेमेटोग्राफी र क्रान्ति केसीको निर्देशन रहेको छ।
गीत:






