
काठमाडौं – नेपाली साङ्गीतिक बजारमा एक नयाँ प्रेमकथा बोकेको गीत ‘त्रिशूली मायाको’ सार्वजनिक भएको छ। लोकप्रिय गायक सुरज श्रेष्ठ र गायिका दीपिका व्याम्बु मगरको कर्णप्रिय स्वरमा सजिएको यो गीतले दर्शक श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।
यस गीतमा गीतकार तथा सङ्गीतकार प्रह्लाद सुवेदीको सिर्जना छ। समकालीन लोकदोहोरी गीतमा विशेष पहिचान बनाएका सुवेदीले यस पटक पनि लोक र आधुनिक सङ्गीतको उत्कृष्ट फ्युजन प्रस्तुत गरेका छन्। आधुनिक जनरामा बढी रमाउने गायक सुरज श्रेष्ठले पनि यस गीतलाई फरक शैलीको भए पनि मीठो कम्पोजिसनका कारण गाउन तयार भएको बताएका छन्।
गीतलाई रमेश सेन्चुरीले एरेन्ज गरेका हुन् भने भिडियोमा चर्चित मोडल सुधीर श्रेष्ठ र उषा उप्रेतीको केमेस्ट्री देख्न सकिन्छ। निर्देशक शान थापाले भिडियोमा सुधीरले उषालाई फकाउने प्रयासलाई रोमान्टिक र मनमोहक तरिकाले प्रस्तुत गरेका छन्। यस भिडियोमा बाल कलाकार अर्चीता गौतमलाई पनि देख्न सकिन्छ जसले भिडियोलाई थप आकर्षक बनाएको छ।
गीत:






