
काठमाडौं – गायिका सिमरन परियारको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘चुना लायर’को म्युजिक भिडियो सार्वजनिक भएको छ। दर्शकमाझ आएसँगै यो भिडियोले चर्चा पाउन थालेको छ।
दिनेश सुवेदीको मार्मिक शब्द र बाबुल गिरीको कर्णप्रिय सङ्गीत संयोजन रहेको यस गीतमा मोडलिङ क्षेत्रमा लामो समयदेखि सक्रिय इसा परियारले मुख्य आकर्षक नृत्य प्रस्तुत गरेकी छिन्। भिडियोमा उनको ऊर्जावान् र मनमोहक नृत्य कौशल प्रस्ट देख्न सकिन्छ।
इसाले यसअघि चर्चित नायक पल शाहसँग ‘डार्लिङ डार्लिङ’ बोलको गीतको भिडियोमा पनि काम गरिसकेकी छिन्। उनले हालसम्म एक दर्जनभन्दा बढी म्युजिक भिडियोहरूमा आफ्नो नृत्य कला देखाइसकेकी छन्। ‘चुना लायर’ को भिडियोमा पनि उनको प्रस्तुतिमा अथक मिहिनेत झल्किएको छ।
यस भिडियोमा इसा परियारलाई विशाल कैनी, रमेश अधिकारी, रमेश बुढाथोकी, र दीपेन्द्र कुँवरले अभिनयमा साथ दिएका छन्।
भिडियोको कोरियोग्राफी तथा निर्देशन विशाल कैनीले गरेका छन् भने नवराज उप्रेतीले यसको छायाङ्कन सम्हालेका छन्। मिलन विश्वकर्माले भिडियोलाई सम्पादन गरी उत्कृष्ट स्वरूप दिएका छन्। विशेष गरी यो भिडियोमा एक युवतीको बदलाको कथावस्तुलाई पनि रोचक तरिकाले समावेश गरिएको छ।
गीत:






