
काठमाडौं – भारतमा समेत आफ्नो बेग्लै पहिचान बनाउन सफल मशकबिन स्टुडियोजको प्रस्तुतिमा नेपाल-भारतको सहकार्यमा तयार भएको ‘बेली चमेली’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोमा नायक पल शाहलाई फरक अवतारमा प्रस्तुत गरिएको छ। उनलाई भारतमा बैंक लुटेको आरोपमा नायिका श्वेता महराले हतकडी लगाएको दृश्यले भिडियोलाई रोचक बनाएको छ, यद्यपि यो वास्तविक नभई गीतको दृश्य मात्र हो।
राजेन्द्र बजगाईँको शब्द तथा सङ्गीतमा तयार भएको यो गीतमा भारतीय चर्चित गायिका स्वाती भाटको स्वर रहेको छ भने विनोद ढकालले र्याप थपेका छन्। मुम्बईका निषाद चन्द्राले सङ्गीत संयोजन गरेको गीतको मिक्स माष्टरिङ्ग बलिउडका मनीभनन आनन्दनले गरेका हुन्। सुरेश जोशी निर्माता रहेको यो गीत मशकबिन स्टुडियोज टिम च्यानलको नेपाली युट्युब च्यानल “मशकबिन नेपाल” मार्फत सार्वजनिक भएको छ।
भिडियोमा भारतीय मोडल श्वेता महराको अभिनय तथा नृत्यका साथमा नेपालका पल शाहलाई बेग्लै किसिमले प्रस्तुत गरिएको कोरियोग्राफर कविराज गहतराजले बताएका छन्। नेपाली नायक र भारतीय नायिकाको यो सहकार्य विशेष रहेको उनको भनाइ छ। यस भिडियोमा राज टाईगर, बिन्दु रसाईली, रेन्सीका खत्री र सुरक्षा तामाङको पनि अभिनय तथा नृत्य समावेश छ।
गीत:





