‘नेपहपको श्रीपेच ३’बाट नयाँ र्‍याप स्टारको खोजी



काठमाडौं – नेपाली र्‍याप विधामा स्थापित एक मात्र रियालिटी शो ‘नेपहपको श्रीपेच’ ले आफ्नो तेस्रो संस्करण ‘नेपहपको श्रीपेच ३’ को औपचारिक घोषणा गरेको छ। अघिल्ला दुई सिजनको अपार सफलतापछि आयोजकले केही दिन अघि एक विशेष कार्यक्रमका बिच शोको घोषणा गर्दै सिजन ३ का लागि डिजिटल अडिसन खुला गरेको हो।

इच्छुक र्‍यापरहरूले यही कार्तिक २५ गते सम्म आफ्नो प्रस्तुति भिडियोमार्फत पठाएर डिजिटल अडिसनमा सहभागी हुन सक्नेछन्। विजेताले रु. १० लाख नगद सहित विश्व भ्रमण र विभिन्न ब्रान्ड इन्डोर्समेन्ट को अवसर प्राप्त गर्नेछन्। उपविजेताले पनि रु. ५ लाख नगद र विदेशमा प्रस्तुतिको अवसर पाउनेछन्।

प्रतियोगीहरूले डिजिटल र फिजिकल दुवै माध्यमबाट अडिसन दिन सक्नेछन्। डिजिटल अडिसनका लागि nepalirap.com मार्फत आफ्नो प्रस्तुतिको भिडियो अपलोड गर्न सक्नेछन्। साथै, नेपहपको श्रीपेचको अफिसियल फेसबुक पेज मार्फत र ह्वाट्सएपमा ९७०७२५९९६१ र इमेल [email protected] मा पनि प्रस्तुति भिडियो पठाउने सुविधा छ।

प्राप्त अडिसनहरू मध्येबाट निर्णायक मण्डलले उत्कृष्ट प्रतियोगीहरूलाई जज राउन्डका लागि चयन गर्नेछन्। अघिल्लो सिजनमा मानस घले, गिरीश खतिवडा र महेश तामाङ “दोङ” निर्णायक रहेका थिए। यस सिजनमा भने हालसम्म मानस घले र गिरीश खतिवडा लाई मात्र निर्णायकका रूपमा सार्वजनिक गरिएको छ, भने तेस्रो निर्णायक चाँडै नै घोषणा गरिने निर्माण पक्षले जनाएको छ।

‘नेपहपको श्रीपेच ३’ को टेलिभिजन प्रसारण मङ्सिरको अन्तिम साताबाट सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu