राजामौलीको चलचित्र ‘वाराणसी’को टिजर सार्वजनिक,  महेश बाबुको धमाकेदार प्रवेश



दक्षिण भारतीय सुपरस्टार महेश बाबु र भारतका दिग्गज फिल्ममेकर एसएस राजामौलीले आफ्नो अहिलेसम्मकै ठुलो चलचित्र ‘वाराणसी’को टिजर सार्वजनिक गरेका छन्। टिजर सार्वजनिकसँगै महेश बाबुको फर्स्ट लुक पनि दर्शकसमक्ष आएको छ।

भारतको हैदराबादमा हजारौँ दर्शकको उपस्थितिमा एसएस राजामौलीको अत्यन्त प्रतीक्षित चलचित्र ‘वाराणसी’को टिजर सार्वजनिक गरिएको हो। टिजर कार्यक्रममा लिड एक्टर महेश बाबु, अभिनेत्री प्रियङ्का चोपडा तथा अभिनेता पृथ्वीराज सुकुमारन पनि सहभागी थिए।

टिजर अत्यन्त भव्य बनाइएको छ, जहाँ प्रत्येक सिनमा निकै सूक्ष्म विवरणहरू देख्न सकिन्छ। भिएफएक्सको प्रयोग पनि प्रभावशाली ढङ्गले गरिएको छ, जसले गर्दा विभिन्न युगको कथालाई एकै स्थानमा जोडेर प्रस्तुत गरिएको अनुभूति हुन्छ।

टिजरको सुरुवात पाँचौँ शताब्दी (५१२ CE) को वाराणसी देखाउँदै हुन्छ। यज्ञबाट निस्केको अग्नि क्रमशः बर्फमा परिणत हुँदै अन्टार्कटिका पुग्छ। त्यसपछि अफ्रिकाको घना जङ्गल देखाइएको छ। यिनै दृश्यपछाडि कथा ‘लङ्का नगरम्‌’तर्फ मोडिन्छ, जहाँ हनुमानजी र प्रभु श्रीरामको वानर सेना तथा रावणबिचको युद्ध प्रस्तुत गरिएको छ।

टिजरको अन्त्यमा कथा फेरि वाराणसीको मनि कर्णिका घाटमा आइपुग्छ। यही ठाउँमा बैलमा सवार महेश बाबु त्रिशूल समातेको दमदार अवतारमा देखिएका छन्।

टिजरः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu