मलिका महत अभिनीत ‘टिन स्पिरिट’ मिनी सिरिज रिलिज हुँदै, गीत ‘सम्पूर्ण’ सार्वजनिक



काठमाडौं – नायिका मलिका महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’ मा समावेश ‘सम्पूर्ण’ बोलको गीत सार्वजनिक भएको छ। युवा प्रेम र भावनालाई प्रस्तुत गर्ने सिरिजको यो गीतलाई ‘जी.टु.वान डिजिटल’ को आधिकारिक युट्युब च्यानलबाट रिलिज गरिएको हो।

सार्वजनिक गीतमा अपुर्भ तामाङको कर्णप्रिय स्वर र शब्द सुन्न सकिन्छ भने सङ्गीतकार मनिष गुरुङले सङ्गीत संयोजन गरेका छन्।

‘जी.टु.वान डिजिटल’को प्रस्तुति तथा ‘योङ्ग हार्ट्स फिल्म्स’को सहकार्यमा निर्माण भएको यस मिनी सिरिजलाई जीवन स्वार र सुनिल गुरुङले संयुक्त रूपमा निर्देशन गरेका हुन्।

सिरिजमा मुख्य कलाकार मलिका महतका साथै लक्ष्य तामाङ, अनुशा बायुङ्ग राई, सबी थापा, सुरेश राई, रोनिश सुब्बा, रिनेक्स बस्नेत, मनिका लामा, गीता श्री, सङ्गीता थापा, प्रकाश श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहेको छ।

‘टिन स्पिरिट’को कथा सुनिल गुरुङले तयार पारेका हुन् भने सिरिजको निर्माणको जिम्मा असीम शाहले लिएका छन्। कार्यकारी निर्माताको भूमिकामा विशाल शर्मा रहेका छन् भने आसिफ शाहले क्रिएटिभ डाइरेक्टरको रूपमा काम गरेका छन्।

मिनी सिरिज हिमालय टेलिभिजन मार्फत प्रसारण हुनेछ भने डिजिटल दर्शकका लागि ‘जी टु वान डिजिटल’को आधिकारिक युट्युब च्यानलमा पनि सार्वजनिक गरिनेछ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu