लामो अन्तरालपछि सरोज ओलीको गायनमा कमब्याक, ‘तिम्रा माताजीलाई नमस्ते’ गीत सार्वजनिक



काठमाडौं – नेपाली सङ्गीत क्षेत्रका चर्चित गायक सरोज ओलीले चार वर्षको लामो अन्तरालपछि गायनमा दमदार कमब्याक गरेका छन्। उनका पुराना सुपर हिट गीतहरू ‘माछीले खाने खोलीको लेउ’, ‘जता जता पिरतीको बाटो’, ‘ए है माया’, र ‘माया गरौँला’ मार्फत दर्शकको मन जितेका ओलीले यस पटक ‘तिम्रा माताजीलाई नमस्ते’ नामक नयाँ गीत सार्वजनिक गरेका छन्।

सार्वजनिक भएको यस गीतमा गायक सरोज ओली कै शब्द र दीपक शर्मा को सङ्गीत रहेको छ। गीतमा ओलीलाई भारतीय गायिका भूमि त्रिदेवी ले महिला स्वरमा साथ दिएकी छिन्।

उत्कृष्ट कोरियोग्राफी र भव्य सेटमा तयार पारिएको यस गीतको भिडियो पनि उत्तिकै आकर्षक बनेको छ। किरण थापा ले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोमा स्वयं गायक ओलीका साथमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री प्रियङ्का कार्की मुख्य आकर्षणका रूपमा प्रस्तुत भएका छन्। उनीहरूसँगै कविता नेपाली र प्रेमा लाम्गादे को पनि प्रभावशाली प्रस्तुति रहेको छ।

डान्सिङ बिटमा तयार पारिएको यो भिडियोले दर्शकलाई भरपुर मनोरञ्जन दिने अपेक्षा गरिएको छ। भिडियोको छायाङ्कन र सम्पादन पवन सुस्लिङ्ग ले गरेका छन्।

गायक ओलीले यसअघि नेपाली चलचित्र ‘हरिबहादुरको जुत्ता’ निर्माण समेत गरेका थिए।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu