‘धुरन्धर’मा अक्षय खन्नाको उच्च प्रशंसा



काठमाडौं – रणवीर सिंहको प्रमुख अभिनय रहेको बलिउड चलचित्र ‘धुरन्धर’ डिसेम्बर ५ मा रिलिज भएको थियो। यो चलचित्रले भारको बक्स अफिसमा उत्कृष्ट कमाइ गरिरहेको मात्र छैन, यसमा खलनायकको भूमिका निभाएका अभिनेता अक्षय खन्नाको पनि व्यापक तारिफ भइरहेको छ। उनको संवाद प्रस्तुति देखि लिएर नृत्य र हाउभाउसम्मको दर्शकले प्रशंसा गरिरहेका छन्।

चलचित्र निर्देशक, निर्माता तथा कोरियोग्राफर फराह खानले पनि आफ्नो इन्स्टाग्राम स्टोरीमा फिल्मको एउटा भिडियो सेयर गरेकी छिन्। यो भिडियोमा एकातर्फ अक्षय खन्ना ‘रहमान डकैत’को रूपमा देखिएका छन् भने अर्कोतर्फ उनी ‘तीस मार खाँ’ फिल्ममा हास्य भूमिकामा देखिन्छन्। क्याप्सनमा फराह खानले लेखेकी छिन्, “अक्षय खन्ना, तपाईँ साँच्चै ओस्कारको हकदार हुनुहुन्छ।”

फराह खान मात्र होइन, सामाजिक सञ्जालमा पनि अक्षय खन्नालाई ओस्कार दिलाउन माग भइरहेको छ। एक प्रयोगकर्ताले एक्समा लेखेका छन्, “म अक्षय खन्ना साहबको प्रभावबाट बाहिर निस्कन सकिरहेको छैन। म यो मान्छेको कारण फेरि फिल्म हेर्नेछु। ‘धुरन्धर’मा अक्षय खन्ना हेर्न लायक छन्। धन्यवाद आदित्य धर।”

‘धुरन्धर’मा अक्षय खन्नाले पाकिस्तानी ‘रहमान डकैत’को भूमिका निर्वाह गरेका छन्। उनको यो चरित्रलाई अझ दमदार बनाउन एउटा विशेष अरबी गीत पनि छायाङ्कन गरिएको छ। यस गीतमा उनको नृत्य, हाउभाउ र समग्र शैली दर्शकले निकै मन पराएका छन्। यही कारणले गर्दा अहिले यो गीतको तुलना फिल्म ‘एनिमल’को ‘जमाल कुडू’ गीतसँग गरिँदैछ।

यो चलचित्र नेपालमा पनि प्रदर्शन भइरहेको छ। नेपालको बक्स अफिसमा भने यसको ठुलो प्रभाव देखा परेको छैन।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu