आर्यन र करुणाको ‘बानी’मा प्रेम र बिछोडको गाथा



काठमाडौं – नेपाली चलचित्र जगतका चर्चित अभिनेता आर्यन सिग्देल र उदाउँदो प्रतिभा करुणा श्रेष्ठको मुख्य अभिनय रहेको म्युजिकल फिल्म ‘बानी’ सार्वजनिक भएको छ। ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस भिडियोले प्रेम, दूरी र भावनात्मक सम्बन्धका विविध आयामहरूलाई कलात्मक रूपमा पर्दामा उतारेको छ।

दिनेश क्षेत्रीको शब्द, सङ्गीत र स्वरमा रहेको यो गीतको अवधारणा पनि उनी स्वयंले नै बुनेका हुन्। नेपाल र सिक्किमका दुई प्रेमीहरूबीचको प्रेमकथालाई बुनिएको यस भिडियोमा प्रेमको प्रारम्भिक उत्साह र त्यसपछि निम्तिने वियोगान्त मोडलाई अत्यन्त मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ। विशेष गरी अभिनेता आर्यन सिग्देललाई यसमा दुई भिन्न स्वरूपमा देख्न सकिन्छ, जहाँ उनले मायालु र आक्रोशित दुवै भावलाई स्वाभाविक अभिनयमार्फत जीवन्त बनाएका छन्।

यसको पटकथा तथा संवाद लेखनमा दिनेश क्षेत्रीलाई केशव भट्टराईले साथ दिएका छन्। आर्यन र करुणाको जोडीलाई सबिन कट्टेल र सुस्मिता श्रेष्ठको अभिनयले थप बल पुर्‍याएको छ। निर्देशक सुव्रत आचार्यको कुशलतापूर्वक निर्देशन रहेको यस म्युजिकल फिल्मलाई उत्सव दाहालको छायाङ्कन र विकास दाहालको सम्पादनले प्राविधिक रूपमा पनि उत्तिकै उत्कृष्ट बनाएको छ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu