बलिउड सुपरस्टार सलमान खान ६० वर्षमा प्रवेश



बलिउड अभिनेता सलमान खानले आफ्नो ६० औँ जन्मदिन पनवेलस्थित फार्म हाउसमा परिवार र निकट साथीभाइका साथ भव्य रूपमा मनाएका छन्। मध्यरातमा कडा सुरक्षाका बिच बाहिर निस्किएर उनले पापाराजीहरूसँग केक काट्दै उत्सव मनाएका थिए। त्यस अवसरमा उनी नीलो डेनिम र कालो टी-शर्टको साधारण पहिरनमा ‘क्लिन सेभन’ लुकमा देखिएका थिए, जुन उनको आगामी फिल्म ‘ब्याटल अफ गलवान’ का लागि तयार पारिएको लुक्स बताइएको छ।

जन्मदिनको पार्टीमा सलिम खान, एमएस धोनी, तब्बु, करिश्मा कपूर र रणदीप हुड्डा लगायत धेरै चर्चित सेलिब्रेटीहरूको उपस्थिति रहेको थियो। पछिल्लो समय फिल्म ‘सिकन्दर’ र वेब-शो ‘द ब्याड्स अफ बलिउड’ मा देखिएका सलमान अब सन् २०२० को गलवान झडपमा आधारित फिल्म ‘ब्याटल अफ गलवान’ मा मुख्य भूमिकामा देखिनेछन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu