महिमा र सनमको भुल्नै नसकिने प्रेम



mahima-&-sanamठुलोपर्दा डटकम, काठमाण्डौ। मोडल सनम कठायतसँगको प्रेममा परेकी नायिका महिमा सिलवालले सनमलाई भुल्नै नसक्ने भएकी छिन्। ‘तिमीलाई भुल्न सक्दिन म, यो माया हो की के हो बुझ्नै गाह्रो भयो …’ बोलको गीतमा सनम र सिलवालले यस्तै अभिनय गरेका छन्।

बिन्दु परियारको स्वरमा रहेको सो गीतको भिडियोलाई रत्न जोशीले निर्देशन गरेका छन्। करण चैसिरले छायांकन गरेको सो गीतलाई काठमाण्डौको चोभारमा खिचिएको हो। छिट्टै रिलिज गरिने बताईएको सो भिडियोलाई कर्णाली इन्टरटेन्मेण्टले तयार पारेको छ।

यस गीतमा सुनिल केसीका शब्दमा गोविन्द मधुरले संगीत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu