गर्मी मौसममा बबी जासुस बन्दै विद्या बालन



vidya-balanठुलोपर्दा डटकम, मुम्बई। अभिनेत्री दिया मिर्जा र ब्वाइफ्रेन्ड साहिल सांगाले आफ्नो आगामी चलचित्र ‘बबी जासुस’ मा डर्टी पिक्चरकी अभिनेत्री विद्या बालनलाई अनुबन्धित गरेका छन् ।

३५ वर्षिया हट नायिका विद्याले उक्त चलचित्रमा मुख्य भुमिका खेल्दैछन् । चलचित्रमा विद्यालाई महिला जासुसको भुमिका दिइदैछ । संयुक्त चावलाको कथा र समिर शैखको निर्देशन रहने उक्त चलचित्रमा काम गर्न पाउँदाले विद्याले आफुलाई भाग्यमानी ठानेको बताएकी छिन् ।

चलचित्रको शुटिङ नोभेम्बरको मध्यतिर शुरु गरेर र सन् २०१४ को गर्मी मौसममा रिलिज गर्ने गरी तयारी भइरहेको बताइएको छ । दिया र शाहिलले यसअघि ‘लभ ब्रेकअप्स जिन्दगी’ को निर्माण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu