रणविरको बेशरम बुधवार आउने



ranveer-kapoor-besharamठुलोपर्दा डटकम, काठमाण्डौ। सधैजसो वलिउडका चलचित्रहरु शुक्रवार रिलिज हुने गर्थे । तर हिमान्शु मिश्र र संजिव गुप्ताको निर्माणमा रिलायन्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित बहुप्रतिक्षित चलचित्र ‘बेशरम’ बुधवारका दिन रिलिज हुने भएको छ । गान्धी जयन्तीको अवसर पारेर उक्त चलचित्र निर्माण युनिटले यही अक्टुबर २ तारिखका दिन बुधवार रिलिज हुने भएको छ ।

प्रसंगवश यो चलचित्र नायक रणवीर कपुरको मध्य–हप्तामा रिलिज हुने पहिलो विश्वव्यापी चलचित्र बनेको छ । चलचित्रका निर्देशक अभिनाब कश्यपले भने , ‘ यो चलचित्र हामीले बुधवारका दिन रिलिज गर्नुको कारण रणवीरको करिअरलाई पनि अघि बढाउनु हो । ’

अभिनेत्रीको भुमिकामा पल्लबी शारदा रहेकी यस चलचित्रमा पहिलोपटक रणवीर कपुरका पिता रिशी र माता नितु पनि देखिदैछिन् । एकैपरिवारका तीनजना कलाकार अभिनित यो चलचित्र हेर्न अब अक्टुबर २ पर्खिने होइन त ?

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu