‘ग्राण्ड मस्ती’ हेरेर धेरै हाँस्दा मृत्यु



grand-mastiठुलोपर्दा डटकम, काठमाण्डौ। अघिल्लो साता रिलिज भएको वलिउड चलचित्र ‘ग्राण्ड मस्ती’ हेर्दा हेर्दै एकजनाको मृत्यु भएको छ। भारतको मुम्बईका २२ बर्षिय मंगेश भोगल सो चलचित्र हेरेर हाँस्दा-हाँस्दै ढलेका थिए। उनि आफ्नी गर्लफ्रेण्डसँग फिल्म हेर्न गएका थिए।

सँगै रहेका मंगेशका साथीले उनलाई अस्पताल पुर्याएका थिए तर डक्टरले मंगेशको मृत्यु भईसकेको घोषणा गरे। डक्टरले बताएअनुसार मंगेशको मुटु छिटोछिटो चलिरहेको थियो। घटना आइतवारको हो। सो घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताईएको छ।

यो चलचित्र नेपालमा भने रिलिज हुन पाएन। बढि अश्लिल भएको भन्दै सेन्सर पास नभएपछि नेपालीहरुले सेन्सरले रोक्न गर्न नसकेको यु-ट्युब र बजारमा आएका डिभिडी किनेर यो चलचित्र हेरेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu