उर्वशी: शिर्ष अडियो गीत सार्वजनिक



Urbashi-Audio-releasedठुलोपर्दा डटकम, काठमाण्डौ। मंसिर १४ गते नेपालभर रिलिज हुने नेपाली चलचित्र ‘उर्वशी’को शिर्ष गीत ‘उर्वशी …’ सार्वजनिक भएको छ। शुक्रवार ठुलोपर्दा डटकमबाट सार्वजनिक गीतमा विकाश चौधरीको संगीत, प्रविशा अधिकारी र सन्तोष लामाको स्वर तथा शंकर अधिकारी ‘घायल’का शब्द रहेका छन्।

चलचित्रमा समावेश अन्य गीतहरुमा विरेन्द्र अग्रहरी र अर्जुन कौशलको संगीत रहेको छ। सन्तोष अग्रहरी, जानकी पन्थ र कृष्ण कार्कीका शब्द तथा राजेश पायल राई, ईन्दिरा जोशी, सन्तोष लामा, प्रविशा अधिकारी, रजिना रिमाल, आकांक्षा बस्याल र अर्जुन कौशलको स्वर रहेको छ।

मनिष पन्थको लेखन तथा निर्देशन रहेको ‘उर्वशी’लाई हिमगिरी फिल्मस् प्रा.लि.को ब्यानरमा खगेश्वर पुनले निर्माण गरेका छन्। किशोर खतिवडा, निता ढुंगाना, अरुणिमा लम्साल, किशोर श्रेष्ठ (डेब्यू), मुकेश आचार्य, प्रदिप ढकाल, रश्मि भट्ट, संगम राई, कुलचन्द्र पुरी, शुशिल थापा लगाएतका कलाकारहरुको अभिनय गरेका छन्।

गीत सुन्न तथा डाउनलोड गर्न यहाँ थिच्नुहोस्:

Urbashi-CD-back

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu