सुरक्षाको कारण देखाउँदै कपिल शर्माको कार्यक्रम रोकियो



kapil

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
भोली (शनीवार) हुने भनिएको भव्य कार्यक्रम स्थगित भएको छ । सुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय काठमाण्डौले उक्त कार्यक्रम स्थगित गर्ने निर्णय गरेको बताईएको छ ।

एनसेलले आयोजना गरेको पर्पलफेष्ट’ कार्यक्रममा भारतियन कमेडियन कपिल शर्मा, भारतिय गायक सोनु निगमसँगै नेपाली हाँस्य कलाकारहरु जितु नेपाल र विल्सनबिक्रम राईले प्रस्तुती दिने तयारी थियो ।

मुलुकको सुरक्षा संवेदनशील भएको भन्दै कार्यक्रम माघ ८ गते पछि मात्र कार्यक्रम गर्न जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेको समाचारमा उल्लेख छ । १३ हजारभन्दा बढी टिकट विक्री भएको र रंगशालाको निर्माण सामाग्री पनि यत्रतत्र राखिएकाले सुरक्षा खतरा रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu